जबर्जस्ती करणी अभियोगमा अर्का भूपू भारतीय सैनिक पनि पक्राउ

-



     सफल आवाज    
     भाद्र १६ गते २०७७ मा प्रकाशित


पोखरा, १६ भदौ । एक युवतीलाई जबर्जस्ती करणी अभियोगमा पोखरामा अर्का एक जना भूपू भारतीय सैनिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा–१०, अन्नपूर्ण टोल बस्ने भूपू भारतीय सैनिक ५५ वर्षीय हरिबहादुर गुरुङ हुन् ।

गएको भदौ १२ गते राति साढे ८ बजे स्थानीय २३ वर्षीया महिलालाई डर, धाकधम्की देखाई जबर्जस्ती करणी गरेको कसूरमा उजुरी परेपछि निजलाई कास्की प्रहरीले पोखरा–१० बाट सोमबार पक्राउ गरेको हो ।

निज गुरुङविरुद्ध करणीसम्बन्धी कसूरअन्तर्गत कास्की जिल्ला अदालतबाट १० दिन म्याद थपी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

पोखरामा सोमबारमात्रै पोखरा १०, मिलनटोलका भूपू भारतीय सैनिक ५५ वर्षीय रेशबहादुर गुरुङ पनि ९ वर्षीया बालिकामाथि जबर्जस्ती करणी अभियोगमा पक्राउ परेका छन् ।