फेरि बढ्यो पेट्रोलको मूल्य, अब प्रतिलिटर १०७

-



     सफल आवाज    
     भाद्र १६ गते २०७७ मा प्रकाशित


काठमाडौं, १६ भदौ । पेट्रोलको मूल्य फेरि बढेको छ । मंगलबार मध्यरातपछि लागू हुने गरी लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको नेपाल आयल निगमले जनाएको छ । अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ ।

तर, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने समायोजन गरिएको छैन । १ सेप्टेम्बरमा आएको मूल्यसूचीअनुसार पेट्रोलको मूलय बढाइएको निगम प्रवक्ता विनितमणि उपाध्यायले बताए ।