नुवाकोटमा जोरबिजोर लागू

-



     सफल आवाज    
     भाद्र १७ गते २०७७ मा प्रकाशित



नुवाकोट, १७ भदौ । नुवाकोट जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लामा सञ्चालन हुने निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ ।

केन्द्रकोे बैठकले गएराति १२ बजेदेखि अर्को निर्णय नभएसम्मका लागि निजी सवारीसाधन सञ्चालन गर्दा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

बैठकले सार्वजनिक सवारीसाधन सञ्चालन, धार्मिक कार्यक्रम सञ्चालन, शैक्षिक संस्था सञ्चालन, खेलकुद गतिविधि सञ्चालनलगायतका भीडभाड हुने कार्यलाई रोक लगाउने विगतको निर्णयलाई निरन्तरता दिएको छ ।

यस्तै, शिवपुरी गाउँपालिमा भदौ ११ गतेदेखि एक साताको लागि लागू गरिएको निषेधाज्ञालाई पुनः एक साता थप गरिएको छ ।

नुवाकोट प्रवेश गर्ने ककनी नाकाको ककनी गापा १ र २, धादिङबाट नुवाकोट प्रवेश गर्ने नाका भएको बेलकोटगढी वडा २ र ५ मा भदौ २३ गतेसम्म निषेधाज्ञा कायमै राखिएको छ ।

जिल्लामा हालसम्म ८९ सङ्क्रमित भएकामा ७१ जना निको भई घर फर्किसकेका छन् ।