
पोखरा, १७ भदौ । गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमण हुने संख्या २ हजार २४५ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।
वुधवार बिहान थप नयाँ ३५ जनामा संक्रमण पोजेटिभ देखिएपछि संक्रमितको संख्या २ हजार २४५ पुगेको स्वास्थ्य निर्देशक, गण्डकी कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोद विन्दु शर्माले बताएका छन् ।
क्षयरोग उपचार केन्द्र पोखरा, भरतपुर अस्पताल चितवन र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा तनहुँका १, कास्कीका २३, लमजुङका ४, नवलपरासी पूर्वका ७ गरी नयाँ ३५ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।
तनहुँको शुक्लागण्डकी वडा नं १ की वर्ष २६ की महिला, कास्कीको पोखरा महानगरपालिका वडा नं १७ मा कार्यरत वर्ष ४२, ३७, ३५, ३६, ३५, ३७, २५, २६, २२, २७, २१, २८, २३, २१, २१, ३१, ३८, २८, २४, ३० का २० पुरुषमा संक्रमण पोजेटिभ देखिएको छ । यस्तै, वडा नं १४ का वर्ष ३०, ५७ का दुई महिला, वडा नं १३ का वर्ष २७ एक पुरुषमा संक्रमण पोजेटिभ देखिएको छ ।
लमजुङको सुन्दरवजार वडा नं ९ का वर्ष ४८ का एक पुरुष, वडा नं २ का वर्ष ४५, ४९ का दुई महिला, वडा नं २ का वर्ष ५० का एक पुरुषमा संक्रमण पोजेटिभ देखिएको छ ।
नवलपरासी पूर्व गैंडाकोट वडा नं ९ का वर्ष ४० की एक महिला, देवचुली वडा नं १६ का वर्ष ७६ का पुरुष र बिजयत्रिवेणी वडा नं ४ का वर्ष ३५,४१ का दुई महिला, वर्ष ५४, ४१ का दुई पुरुष र वडा नं ३ की वर्ष ५८ की एक महिलामा संक्रमण पोजेटिभ देखिएको छ ।
तनहुँको शुक्लागण्डकी १ की संक्रमित महिला पोखराको अमरसिंह चोकमा रहेको पार्कल्याण्ड अस्पतालमा कार्यरत स्टाफ नर्श हुन । पोखरा महानगरपालिका १७ का २० जना नेपाल प्रहरीमा कार्यरत रहेका छन् । लमजुङ सुन्दर वजारका २ का ५० वर्षिय पुरुष ओमानबाट आएका हुन भने सुन्दर वजार ९ की ४९ वर्षिया महिला स्थानिय किराना पसल संचालक हुन । अरु सबै कन्ट्याक ट्रेसिङको आधारमा पहिचान भएका हुन ।
