
काठमाडौं, १७ भदौं । वीर अस्पतालको ओपीडी सेवा बन्द गरिएको छ । तीन जना बिरामी र १३ जना स्वास्थ्यकर्मी तथा कर्मचारी गरी १६ जनामा कोरोना संक्रमण देखिएपछि वीर अस्पतालको ओपीडी सेवा बन्द गरिएको हो ।
बुधबार र बिहीबार ओपीडी बन्द भए पनि आकस्मिक र प्रशासनिक सेवा भने नियमित रुपमा सञ्चालन हुने अस्पतालले जानकारी दिएको छ । अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले अहिलेसम्म १२ चिकित्सक, १२ नर्ससहित ७१ जना स्वास्थ्यकर्मी र कर्मचारीमा संक्रमण देखिएको बताए ।
उनले पछिल्लो समय डाक्टर नर्स, क्लिनरसहितका जनशक्तिहरु धमाधम संक्रमणमा परेको बताए ।