गण्डकीमा थप १८ संक्रमित फेला

-



     सफल आवाज    
     भाद्र १७ गते २०७७ मा प्रकाशित


पोखरा, १७ भदौ । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

लमजुङ, कास्की, तनहुँ, स्याङ्जा र नवलपुरमा थप संक्रमित भेटिएका हुन् । सबैभन्दा बढी १४ जना लमजुङका छन् । अरु जिल्लामा एकएक जना संक्रमित थपिएका हुन्। स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार याे सहित संक्रमित संख्या २ हजार २ सय ६४ पुगेकाे छ।

बुधबार थप संक्रमित सबै कन्ट्याक ट्रेसिङमा पहिचान भएका हुन् । उनीहरू सबैकाे नमुना परीक्षण क्षयराेग उपचार केन्द्र पाेखरामा भएकाे हाे । बिहान पनि ३६ संक्रमित भेटिएका थिए ।