मर्स्याङ्दी नदीमा मिनिट्रक बेपत्ता

-



     सफल आवाज    
     भाद्र १७ गते २०७७ मा प्रकाशित


पोखरा, १७ भदौ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐना पहरा नजिक मिनिट्रक मर्स्याङ्दी नदीमा खसेर बेपत्ता भएको छ ।

पाेखराबाट मुग्लिङतर्फ जाँदै गरेकाे ट्रक बुधबार बिहान मर्स्याङ्दी नदीमा खसेको हो । नदीमा खसेको ट्रकको सशस्त्र प्रहरी टोलीले खोजी शुरु गरेको जिल्ला प्रहरी कार्यालय तनहूँका डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिए ।

पोखराबाट मुग्लिङतर्फ जाँदै गरेको ट्रक सडकको कल्भर्ट भाँचेर नदीमा खसेको हाे। सिसिटिभी फुटेजमा हेर्दा पोखराबाट जाँदै गरेको मिनी ट्रक बाटाेमा देखिएको र साेही ट्रक खसेकाे प्रहरीकाे अनुमान छ। ट्रकमा कति मानिस थिए भन्ने खुल्न सकेको छैन ।

ट्रक खसेको ठाउँ निकै जोखिमयुक्त रहेकाले खोजीमा समस्या भएको तिमिल्सिनाले बताए ।