
काठमाडौं, १७ भदौं । साताको चौथो दिन नेप्से २५ .५८ अंकले बढेको छ । बुधबार नेप्से परिसूचक २५ .५८ अंकले बढेर १ हजार ५१० दशमलव ५७ विन्दुमा कार्यम भएको छ ।
नेप्सेका अनुसार आज ४ अर्ब १८ करोड १० लाख बढीको कारोबार भएको छ ।
आजको कारोबारमा अनपेक्षितरुपमा सबैजसो हाइड्रोपावरको शेयर मूल्य बढेको छ । यहि क्रममा ३२ वटा हाइड्रोपावरमा त सकारात्मक सर्किट नै लाग्यो ।