
चितवन, १९ भदौ । चितवनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ सय ३६ पुगेको छ ।
चितवन मेडिकल कलेजको प्रयोगशालामा भएको पछिल्लो परिक्षण नतिजा अनुसार थप ८८ जनामा संक्रमण पोजेटिभ देखिएको छ । उनिहरुमा चितवनका ५७ जना रहेका छन् । अन्य जिल्लाका ३१ जना रहेका छन् ।
आजै विहान भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परिक्षण नतिजा अनुसार चितवनका १७ जना र अन्य एक गरी १८ जनामा संक्रमण पोजेटिभ देखिएको थियो । प्रदेश स्वास्थ्य निर्देशनालयले बिहान चितवनमा ७४ जनामा संक्रमण पोजेटिभ देखिएको जनाएको छ ।
चितवन मेडिकल कलेजमा गरिएको अध्यावधिक विवरण अनुसार १ देखि ७८ वर्षसम्मका वृद्धलाई संक्रमण देखिएको छ । संक्रमितहरुमा भरतपुर महानगरगरका ४२ जना रहेका छन् । राप्ती नगरपालिकाका ९ जना, रत्ननगरका ३ जना, कालिकाका २ जना र खैरहनीका १ जना रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञाको अन्तिम दिन आज पोजेटिभ संख्या धेरै पुष्टि भएको बताएको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



