अर्थ तथा सूचना प्रविधि मन्त्री खतिवडाले आज साँझसम्म राजिनामा दिने

-



     सफल आवाज    
     भाद्र १९ गते २०७७ मा प्रकाशित



काठमाडौं, १९ भदौ । अर्थ तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । आज बसेको मन्त्रिपरिषद वैठकमा उनले साँझसम्ममा पदबाट राजिनामा दिने घोषणा गरेका हुन ।

बिहिवार बसेको नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा प्रधानमन्त्री केपि शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने जानकारी दिएका थिए ।

राष्ट्रियसभाको खालि एक सिटमा उपाध्यक्ष गौतमलाई सिफारिस गरेपछि खतिवडाको संसद सदस्य हुने बाटो अहिलेका लागि रोकिएको छ । उत्पन्न यो परिस्थितिसंगै खतिवडाले आफ्नो जिम्मेवारीबाट राजीनामा दिनुपर्ने भएको हो ।

प्रधानमन्त्री ओलीले विषम अवस्थामा सरकारमा रहेर सघाएकोमा खतिवडालाई आभार व्यक्त गरेका थिए ।