
काभ्रेपलाञ्चोक, १९ भदौ । काभ्रेपलाञ्चोकका सात स्थानीय तह हाल कोरोना मुक्त भएका छन् । जिल्लाका १३ स्थानीय तहमध्ये मण्डन देउपुर नगरपालिका,रोशी, बेथानचोक, तेमाल, महाभारत, खानीखोला र चौंरीदेउराली गाउँपालिका कोरोना मुक्त भएका हुन् ।
कूल सङ्क्रमितमध्ये सबैभन्दा बढी ४३ प्रतिशत सक्रिय सङ्क्रमित बनेपा नगरमा तथा सबैभन्दा कम नमोबुद्ध नगरमा एक पुरुष मात्रै रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ । पोष्टका अनुसार काभ्रेपलाञ्चोकमा हालसम्म १८२ पुरुष र ११२ महिला सङ्क्रमित भएका छन् ।
सक्रिय सङ्क्रमितमध्ये बनेपामा १२८, धुलिखेल नगरमा ३२, पनौतीमा ४, पाँचखालमा ४, नमोबुद्धमा १, तथा भुम्लु गाउँपालिकामा २ रहेको पोष्टका सदस्य सचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.नरेन्द्र झाले जानकारी दिएकाे राससले लेखेको छ ।
१११ सङ्क्रमित निको भई उपचारपछि घर फर्किएका छन् । १७९ विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् । त्यस्तै ३१ ‘होम आइसोलेसनमै उपचाररत रहेको पोष्टले जनाएको छ । काभ्रेमा कोरोना सङ्क्रमणबाट एक पुरष र एक महिलाको मृत्यु भएको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



