
पोखरा, १९ भदौ । पोखराका ३ वटा वडाले कोरोना नियन्त्रणका लागि वडाभित्र सिल गर्ने निर्णय गरेका छन् ।
पोखरा वडा १०, १२ र १३ का वडाध्यक्षहरुको शुक्रबार बसेको संयुक्त बैठकले आज (भदौ १९ गते) रातिदेखि भदौ २६ गते रातिसम्म लागू हुने गरी वडाका विभिन्न ठाउँमा सिल गर्ने निर्णय गरेका हुन् ।
जसमा स्वर्णीम टोल, अन्नपूर्ण टोल, लालीगुराँस टोल भद्रकाली हुँदै ढिकालेथर, कुँडहर चोक हुँदै मियाँपाटनसम्म सबै क्षेत्र, लालीगुराँस मिनीमार्ग, प्रगतिटोल, वीपीमार्ग क र ख सबै हुँदै भद्रकाली ख टोल विकास क्षेत्र माछापोखरीदेखि संगमटोल, मियाँपाटन, अन्नपूर्ण टालहँुदै बेसलाइन स्कुल क्षेत्रभित्रका सबै क्षेत्रमा सिल गरिएको छ ।
यस अवधिमा स्वास्थ्यजन्य, एम्बुलेन्स, अति आवश्यक क्रियाकलाप संचालन हुने छन् । यस्तै, खाद्यान्न तथा तरकारी पसल बिहान ११ देखि २ बजेसम्म खोल्न पाइनेछ ।
वडा १० का राजकुमार गुरुङ, वडा १२ का रामबहादुर कार्की र वडा १३ का लेखबहादुर तामाङ (दर्शन) ले संयुक्त हस्ताक्षर गरेका छन् ।
हाल कास्की जिल्लामा जिल्ला प्रशासन कार्यालयले सार्वजनिक यातायात संचालनमा रोक लगाउँदै निजी सवारीमा जोरबिजोर प्रणाली लागू गरेको छ । पसलहरु संचालनमा छन् भने होटल तथा रेष्टुरेन्टमा टेक–अवे सुविधामात्र छ ।
पोखरामा कुल ३३ वडा छन् । तीमध्ये २० र २४ बाहेक सबैमा कोरोना संक्रमण फैलिएको छ ।







पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



