
पोखरा, २० भदौ । ‘जहाँ आवश्यकता, त्यहाँ लायन्स’ नाराका साथ लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी वानले बागलुङ र म्याग्दीका बाढीपहिरो पीडितलाई राहत सहयोग गरेको छ ।
लायन्स क्लब्स इन्टरनेशनल फाउण्डेसन (एलसिआईएफ) द्वारा प्राप्त इमर्जेन्सी ग्रयान्टअन्तर्गत हालै बागलुङको ढोरपाटन तथा असारमा म्याग्दीका विभिन्न भागमा भएको बाढीपहिरोका कारण पीडितहरुलाई सो सामग्री वितरण गरिने भएको हो ।
डिष्ट्रिक्टका इमर्जेन्सी ग्रान्ट कमिटी संयाेेेेजक एंव पिआरओ इन चिफ राम बसेलका अनुसार दुई जिल्लाका गरी १ सय ६० घरपरिवारलाई सो सामग्री प्रदान गर्न म्याग्दी र बागलुङका सम्बन्धित लायन्स क्लबहरुलाई शनिबार राहत सामग्री पठाइएको छ ।
तीमध्ये बागलुङका ८० र म्याग्दीका ८० घरपरिवालाई प्रतिपरिवार त्रिपाल–१, म्याट्रेस–१, ब्लाङ्केट–१, चामल–१ बोरा, दाल, गेडागुडी, तेल, नून लगायत सामग्री सोमबारसम्म वितरण गरिने कार्यक्रम छ ।

राहत वितरणमा बागलुङ र म्याग्दीका लायन्स क्लबहरुले आवश्यक समन्वय गर्ने बसेलले जानकारी दिए ।
बागलुङको ढोरपाटन– वडा ९ मा बुधबार राति गएको बाढीपहिरोका कारण १५ जनाको शव भेटिएको छ भने २७ जना बेपत्ताको खोजी भइरहेको छ ।
त्यस्तै, म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा गएको असार २६ गते राति गएको भीषण पहिरोमा परी ३१ जनाको मृत्यु भएको थियो भने कैयौं घाइते भएका थिए ।







पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



