आज ३ बजे रातो मच्छिन्द्रनाथको रथ तानिदैं

-



     सफल आवाज    
     भाद्र २१ गते २०७७ मा प्रकाशित



काठमाडौं, २१ भदौं । दूरी कायम गरेर आज दिउँसो ३ वजे ‘वर्षा र सहकालका देवता’ का रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथ तान्ने तयारी गरिएको छ ।

यसवर्ष मच्छिन्द्रनाथ रथयात्रा गरेर विगतका वर्षझैँ गाःबहाबाट मङ्गलबजार, सुन्धारा, लगनखेल हुँदै जावलाखेलसम्म लैजान सम्भव नभएकोले ललितपुर महानगरपालिका अगाडिको सोह्रखुट्टे पाटीसम्म तानेर राख्न लागिएको छ ।

कोरोना भाइरसको महामारीका कारण यसपटक लोकनाथलाई टोलटोलमा रथयात्रा गरी जावलाखेलसम्म पुर्याएर भोटोजात्रा गर्न पनि सम्भव भएको छैन ।

दुई मिटरको दूरीमा मानिसलाई राखेर रथ तान्ने तयारी भएको छ । हाल रथ २० मिटर वर रहेको छ । रथलाई २० मिटर पर रहेको सोह्रखुट्टे पाटीसम्म तान्न लागिएको १९ औं जातीय खलः पुचःका संयोजक चन्द्र महर्जनले बताएका छन् ।फोटोःसामाजिक संजाल