विदेशमा ज्यान गुमाउने नेपाली २००

-



     सफल आवाज    
     भाद्र २१ गते २०७७ मा प्रकाशित



लण्डन, २१ भदौ । कोरोनाभाइरस संक्रमणको कारण हालसम्म विदेशमा २ सय नेपालीले ज्यान गुमाएका छन् ।

यो हप्ता यूएईमा ५ नेपालीको ज्यान गएसंगै मृतकको संख्या १६ देशका गरी २ सय पुगेको एनआरएनए स्वास्थ्य समितिका संयोजक डा.संजीव सापकोटाले जानकारी दिएका छन् ।

यो साता दक्षिण कोरियामा रहेका नेपालीमा पहिलो पटक कोरोना संक्रमण पोजेटिभ देखिएको एनआरएनए स्वास्थ्य समितिले बताएको छ ।

विश्वका ४० वटा देशमा ३४ हजार ९ सय ३९ नेपालीमा कोरोना संक्रमण देखिएको छ । ३२ हजार ९ सय ८९ जना निको भएका डा.सापकोटाले बताएका छन् ।