
पोखरा, २१ भदौ । गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) घनश्याम अर्याललाई कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले कन्ट्याक ट्रेसिङ आधारमा नमुना परीक्षण गर्दा डीआईजी अर्यालमा कोरोना पुष्टि भएको बताए ।
डा. शर्माले सफल आवाजसँग भने, ‘डीआईजी सावलाई कोरोना पुष्टि भएको हो । उहाँ अहिले होम आइसोलेसनमै हुनुहुन्छ । स्वास्थ्य अवस्था राम्रो छ । हेल्दी एण्ड फिट हुनुहुन्छ ।
नेपाल प्रहरीको पोखरास्थित सशस्त्र गणमा कार्यरत प्रहरीहरुमा कोरोना देखिएसँगै पोखराका विभिन्न कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुमा समेत कोरोना जोखिम बढेको थियो ।
सोक्रममा कन्ट्याक्ट टे«सिङ आधारमा अर्यालको नमुना संकलन गरी परीक्षण भएकोमा आइतबार रिपोर्ट पोजेटिभ आएको हो ।
यसैबीच, गण्डकी प्रदेशका एक सांसदमा पनि ३ दिनअघि कोरोना पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसिरहेका छन् ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



