नयाँ संक्रमित ९८० थपिए , निको भए १,८१४

-



     सफल आवाज    
     भाद्र २१ गते २०७७ मा प्रकाशित



काठमाडौं, २१ भदौ । बितेको २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा भएको परिक्षणमा ९८० जनामा कोरोना संंक्रमण पोजेटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले १० हजार ३८२ नमूना परीक्षण गरिएकोमा ९८० जनामा संक्रमण पोजेटिभ देखिएको बताए । उनिहरुमा २९० जना महिला तथा ६९० पुरुष रहेका छन् ।

आज थपिएका ९८० जना संक्रमितसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४६ हजार २५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

कुल संक्रमितमध्य अहिलेसम्म २८९ जनाको मृत्यु भएको छ । २८ हजार ९४१ जना निको भएका छन् । यसैबीच, बितेको २४ घन्टामा देशका विभिन्न अस्पतालबाट १ हजार ८१४ निको भएर घर फर्किएका प्रवक्ता डा.गौतमले बताए ।