
पोखरा, २१ भदौ । लमजुङमा थप १४ जनामा संक्रमण पुष्टि भएको छ । यो सहित गण्डकी प्रदेशमा संक्रमित संख्या २ हजार ५ सय ३१ पुगेको छ । लमजुङको सुन्दरबजारका २ जना सरसफाइ कर्मचारीहरु ३८ र ५२ वर्षीया पुरुषमा संक्रमण देखा परेको छ ।
यस्तै, वेसीसहरस्थित मुक्तिनाथ विकास बैंकमा कार्यरत ४१ वर्षीय पुरुष, मस्र्याङ्दी २ का ५८ वर्षीय एम्बुलेन्स चालक (पुरुष) मा पनि संक्रमण देखा परेको प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार साँझ विज्ञप्तिमार्फत पुष्टि गरेको हो । यस्तै भारतबाट फर्केका सुन्दरबजारका ३८ वर्षीय एक पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
अन्य संक्रमितहरु कन्ट्याक्ट टे«सिङ आधारमा पत्ता लागेका हुन् । जसमा सुन्दरबजारका ३८ र ३९ वर्षीय पुरुष, २४ वर्षीया महिला, वेसीसहर ३ का ४३ वर्षीय पुरुष, ९ की २६ वर्षीया महिला, ७ का ४४ वर्षीय पुरुष पनि संक्रमित भएका छन् ।
राइनास वडा ९ का २१ वर्षीय, ८ का ५५ वर्षीय र ६ का ४५ वर्षीय पुरुषमा पनि कोभिड–१९ संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
गण्डकीमा आइतबारमात्रै ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहानमात्रै ६९ जनामा कोरोना पुष्टि भएकोमा गोरखामा एक वृद्धाको मृत्युसहित कुल संक्रमित संख्या ८४ पुगेको हो ।
प्रदेशमा हालसम्म १ हजार ७ सय ८५ जना निको भएका छन् । यो कुल संक्रमितमा ७० दशमलव ५२ प्रतिशत हुन आउँछ ।
प्रदेशमा मृत्यु हुने १९ पुगे
गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । शनिबार मृत्यु भएकी गोरखा जिल्लाको गोरखा नगरपालिका ७ की ७६ वर्षीया वृद्धाको नमुना परीक्षणमा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।
शनिबार मस्तिष्कघात भएर अस्पतालमा उपचारका लागि ल्याइएकी ती महिलालाई आईसीयूमा राखेर उपचार गराइएकोमा साँझ मृत्यु भएको थियो । उनको नमुना परीक्षण गरेर हेर्दा रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसहित गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको हो ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



