मलको ठेक्का सरकारले तोड्यो, धरौटी रकम पनि जफत हुने

-



     सफल आवाज    
     भाद्र २१ गते २०७७ मा प्रकाशित



काठमाडौं, २१ भदौ । सरकारले मल आपूर्ति सम्बन्धी ठेक्का तोडेको छ । मलको ठेक्का लिएर समयमै उपलब्ध नगराएको भन्दै सरकारले ठेक्का तोडेको हो ।

प्रचण्डका घरबेटी सारदा प्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन र काँग्रेस नेता होमनाथ अधिकारीको होबिको मल्टिपल कम्पनीले मल ल्याउने ठेक्का पाएको थियो । तर तोकिएको समयावधीमा दुबैले मल ल्याउन सकेनन् ।

धरौटी राखेको पाँच पाँच करोड रुपैयाँ पनि जफत गर्ने निर्णय सरकारले गरेको छ । सम्झौता अनुसार मल नल्याउने यी दुबै कम्पनीलाई कालोसूचिमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस पनि गरिएको बताइएकाे छ ।