एकै व्यक्तिको पटक–पटक स्वाब कलेक्सन

-



     सफल आवाज    
     भाद्र २२ गते २०७७ मा प्रकाशित


फाइल फाेटाे ।


पोखरा, २२ भदौ । गण्डकी प्रदेशमा एकै व्यक्तिको पटक–पटक स्वाब कलेक्सन भएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित मन्त्री, कर्मचारी, स्वकिय सचिव, पीएसओ, चालकहरुको कोरोना परीक्षणको लागि सोमबार दोस्रोपटक स्वाब लिइएको हो । यसअघि प्रदेशसभाको बर्खे अधिवेशन सुरु हुन अघि पनि नमुना संकलन गरिएको थियो । त्यसबेलाको परीक्षणमा कोही पनि मानिसको रिपोर्ट पोजेटिभ आएको थिएन । अर्थात् कसैलाई पनि कोरोना पुष्टि भएको थिएन ।

प्रदेशका एक जना सांसद तथा प्रदेश प्रहरी प्रमुखमा समेत केही दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि यसपालि कन्ट्याक्ट टे«सिङ भन्दै मुख्यमन्त्री लगायतको नमुना संकलन भएको हो ।

जसमा सोमबार १ सय ५२ जनाको स्वाब लिइएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।

कोरोना जाँच आफैमा महँगो परीक्षण मानिने स्वास्थ्यकर्मीहरु बताउँछन् ।