बलात्कार आरोपमा गौशालामा कार्यरत एक प्रहरी जवान पक्राउ

-



     सफल आवाज    
     भाद्र २२ गते २०७७ मा प्रकाशित


सांकेतिक तस्वीर


काठमाडौं, २२ भदौं । महानगरीय प्रहरी वृत्त गौशालामा कार्यरत एक प्रहरी जवान ‘बलात्कार प्रयास’ अरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा दार्चुला घर भइ महानगरीय प्रहरी वृत्त, गौशालामा कार्यरत प्रहरी जवान उपेन्द्र सिंह छन् ।

प्रहरी जवान सिंहले आइतबार वनकालीस्थित घरमै आएर आफूलाई बलात्कार गरेको भन्दै २१ वर्षीया युवतीले उनीबिरुद्ध उजुर गरेकी छिन् ।

दार्चुला घर भएका जवानलाई बलात्कार उद्योग मुद्धा दर्ता गरेर अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी वृत गौशालाका डिएसपी जितेन्द्र बस्नेतले बताए ।