पोखरा, २३ भदौ । अविरल वर्षाका कारण पहिरोले घर भत्किँदा कास्कीमा एक युवतीको मृत्यु भएको छ ।
रुपा गाउँपालिका बराहचोक–६ का काजीबहादुर विकको घर भत्किँदा उनकी २० वर्षीया छोरी सिर्जना विकको मृत्यु भएको हो ।
मंगलबार बिहान करिब साढे ४ बजेको समयमा काजीबहादुरको घरपछाडिबाट खसेको पहिरोले उनको घर पुरेको हो । पहिरोमा पुरिएकी सिर्जनाको शव स्थानीयको सहयोगमा प्रहरीले बाहिर निकालेको छ ।
घटनाको बारेमा अनुसन्धान भइरहेको कास्की प्रहरी प्रवक्ता प्रहरीले नायव उपरीक्षक (डीएसपी) सुवास हमालले जानकारी दिए ।
यता, पहिरोले त्यस क्षेत्रका २ घर जोखिममा परेको गाउँपालिका अध्यक्ष नवराज ओझाले बताए ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



