अन्नपूर्ण गाउँपालिकाकी महिलाको मृत्यु,गण्डकीमा संक्रमित २०

-



     सफल आवाज    
     भाद्र २३ गते २०७७ मा प्रकाशित



पोखरा, २३ भदौ । कास्कीको अन्नपूर्ण गाउँपालिका १ की ६३ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

काठमाडौंस्थित वीरेन्द्र अस्पताल, छाउनीमा उनको भदौ २१ गते आइतबार मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको जानकारी प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबारमात्र विज्ञप्तिमार्फत् जनाएको हो ।

ब्रेन ट्यूमर तथा मिर्गौला रोग भई सो अस्पतालमा उपचाररत् ती महिलामा भदौ १९ मा कोरोना पुष्टि भएको थियो ।

यो सहित गण्डकी प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।

कास्की जिल्लाका अन्य पालिका तुलनामा अन्नपूर्णमा खासै संक्रमित थिएनन् ।

यसैबीच, प्रदेशमा मंगलबार थप ११ जना संक्रमितसहित कुल संक्रमितको संख्या २ हजार ६ सय १२ पुगेको छ । पछिल्लो २४ घण्टामा पोखरामा ५ जना, नवपुरमा ६ जना संक्रमित थपिएका हुन् ।