पोखरामा पहिरोले ३ सवारीसाधन पुर्‍यो

-



     सफल आवाज    
     भाद्र २३ गते २०७७ मा प्रकाशित



पोखरा, २३ भदौ । अविरल वर्षापछि आएको पहिरोले पोखरामा ३ सवारीसाधन पुरेको छ ।

गएराति पोखरा–३१, कँडेलस्वाँरामा गएराति गएको पहिरोले २ मोटरसाइकल र १ स्कूटर पुरेको प्रहरीले जनाएको छ ।

स्थानीय २९ वर्षीय सुनिल बि.कको ग ६ प ६२९१ नम्बरको पल्सर मोटरसाइकल, वर्ष २८ का निर्मल सुरनाको ग ५ प ९९१२ नम्बरको डीओ स्कूटर र वर्ष २८ का समन सुनारको ग ७ प ७३२९ नम्बरको एभेञ्जर मोटरसाइकल पहिरोमा पुरिएको हो ।

घटनामा मानवीय क्षति भने टरेको कास्की प्रहरीले जनाएको छ ।