प्रदेश नं १ का डीआईजी ईश्वरबाबु कार्कीलाई कोरोना संक्रमण

-



     सफल आवाज    
     भाद्र २४ गते २०७७ मा प्रकाशित



विराटनगर, २४ भदौ । प्रदेश नं १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीलाई कोरोनाभाइरस संक्रमण पोजेटिभ देखिएको छ ।

सामाजिक विकास मन्त्रालयले आज सार्वजनिक गरेको संक्रमितको विवरणमा ५२ वर्षीय कार्कीको गरिएको पीसीआर परिक्षण नतिजा पोजिटिभ आएको जनाईएको छ ।

कार्किको सोमवार स्वाब परीक्षण गरिएको थियो । जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षण नतिजामा मंगलबार संक्रमण पोजिटिभ आएको मन्त्रालय स्रोतले बताएको छ ।

संक्रमण पुष्टि भएपछि कार्की प्रदेश प्रहरी कार्यालयको क्वाटरमै आइसोलेसनमा बसेका बताईएको छ ।