
काठमाडौं, २४ भदौं । काठमाडौं उपत्यकामा भदौ २५ गतेबाट सवारी साधनहरु जोर र विजोर नम्बरका आधारमा सञ्चालन हुनेछन् । काठमाडौं, भक्तपुर ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले बिहीबारदेखि लकडाउन खुकुलो बनाउने निर्णय गरे सँगै निजी सबै र सार्वजनिकको हकमा १६ भन्दाबढी सिट क्षमता भएका सवारी साधन जोर विजोर प्रणालीमा चल्ने भएका छन् । याे नियम मालवाहक ढुवानीका साधनमा भने लागु हुने छैन ।
भाडाका ट्याक्सीकाे हकमा चालकसहित ३ जना र परिवार भित्रका ५ वर्ष मुनीका २ जना बालबालिका सहित चलाउन पाइनेछ । सार्वजनिक सवारी साधनमा मापदण्ड अनुरूप सामाजिक दुरी कायम गर्दै एक लहरमा एक जना गरी कुल सिट संख्याको आधा मात्र बस्ने व्यवस्था मिलाइ सञ्चालन गर्न पाइनेछ ।
भदौ ४ गतेदेखि काठमाडौं उपत्यकामा भएकाे कडा निषेधाज्ञामा अत्यावश्यक सेवामात्र सञ्चालन गर्न दिइएकोमा १७ गतेदेखि भने निर्माण सामग्रीका पसल, टेक अवे र होम डेलिभरी पनि सञ्चालन गर्न दिइएको थियो । पसल सञ्चालनका लागि व्यवसायको किसिमको आधारमा स्वास्थ्य मागदण्डकाे पालना गरि निश्चित बार मात्र खोल्न पाइने व्यवस्था गरिएको छ ।
निर्णयकाे पूर्ण विवरण :









पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



