अब निजी स्कुलले अनलाइन कक्षाको शुल्क लिन पाउने

- स्थानीय तहले स्वीकृत गरे अनुसारको शुल्क मात्र लिन पाउने

-



     सफल आवाज    
     भाद्र २५ गते २०७७ मा प्रकाशित



काठमाडौं, भदौ २५ । सरकारले निजी बोर्डिङ स्कुललाई अनलाइन कक्षाको शुल्क लिन अनुमति दिएपछि निजी स्कुललाई शिक्षण शुल्क लिने बाटो खुला भएको छ । विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले मन्त्रीस्तरीय निर्णयमार्फत शुल्क लिने व्यवस्था गरेका हुन ।

नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको यहि भदौ १९ को मन्त्रीस्तरीय निर्णय अनुसार विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ ले निजी स्कुलले स्थानीय तहले सहजिकरण गरे अनुसारको स्वीकृत शिक्षण शुल्क लिन पाउने व्यवस्था गरेको हो । अब स्कुललाई निर्देशिकामा उल्लेख भए बमोजिम कानुन अनुसार स्थानीय तहले स्वीकृत गरे बमोजिमको शुल्क लिने बाटो खुला भएको छ ।

कोरोना संक्रमणको भयको कारण यसअघि मन्त्रालयले अनलाइन, दूरशिक्षा वा अन्य कुनै माध्यमबाट शिक्षण सिकाइ गराएबापत् शुल्क लिन नपाउने व्यवस्था गरेको थियो । मन्त्रालयद्वारा जारी गरिएको निर्देशिकामा असोज १ गते अगाडीसम्म विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नपाउने निर्णय गरिएको जनाईएको छ ।

विद्यार्थी सिकाइ निर्देशिका, २०७७