नारायणगढ–मुग्लिन सडक अवरुद्ध

-



     सफल आवाज    
     भाद्र २६ गते २०७७ मा प्रकाशित


फाइल फोटो।


काठमाडौं, २६ भदौं । चितवनको इच्छाकामना–६ चारकिलो डाँडा नजिकै आज बिहान पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले पहिरो पन्छाउने प्रयास भइरहेको जानकारी दिएका छन । पहिरोले सडक अवरुद्ध भएपछि सवारी साधन बाटैमा रोकिएका छन ।