
काठमाडौं, २६ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हप्तामा २ दिन सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ । नेपाल पर्यटन बोर्ड र पर्यटन व्यवसायीहरुसंगको छलफलपछि सिसिएमसिमा यो प्रस्ताव पठाएको मन्त्रालय श्रोतले जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि हप्ताको २ दिन बिदाको व्यवस्था गर्नुपर्ने बताए । यहि योजनालाई हामीले समितिमा प्रस्ताव पेश गरिसकेका छौं, उनले भने । सरोकारवाला निकायहरु नेपाल सरकार, नेपाल पर्यटन बोर्ड र निजी क्षेत्र आन्तरिक पर्यटन प्रवद्र्धनको लागि रणनीतिक काममा लागिसकेकाे बताइएकाे छ ।
यसैबीच, नेपाल पर्यटन बोर्डका संचालक समिति सदस्य अवधेश कुमार दासले पनि आन्तरिक पर्यटन प्रवद्र्धनका लागि हप्तामा २ दिन सार्वजनिक विदाको व्यवस्था हुनुपर्ने बताए ।
हप्ताको २ दिन बिदाको व्यवस्था गर्न सके पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने र पर्यटन क्षेत्र चलायमान हुने उनले बताए ।
यो व्यवस्था लागु भयो भने कोरोनाको प्रभावले थिलोथिलो भएको नेपालको आन्तरिक पर्यटनलाई माथि उठाउन केहि हदसम्म सहयोग पुग्नेछ । बिदाको कारण मानिसहरुमा घुमघाम गर्ने बानीको विकास हुने र आन्तरिक पर्यटन प्रवद्धन गर्न सघाउने नेपाल पर्यटन बोर्डका संचालक समिति सदस्य अवधेश कुमार दासले सफल आवाजलाई बताए ।
हप्तामा २ दिन विदा दिने प्रस्ताव नयाँ भने होईन । २०४६ सालपछि तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाको पालामा हप्तामा २ दिन बिदा दिने व्यवस्था भएको थियो । तर तीन चार महिनाभन्दा वढी लागु हुन सकेको थिएन ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



