गाडी चलाउने तयारीपछि पृथ्वीले गर्‍यो विभिन्न कम्पनीलाई परिपत्र

-



     सफल आवाज    
     भाद्र २६ गते २०७७ मा प्रकाशित



पोखरा, २६ भदौ । पृथ्वी राजमार्ग बस संचालक कम्पनीले असोज १ देखि देशभर छोटो तथा लामो दूरीका सार्वजनिक यातायातका साधन चलाउने भएपछि सोहीअनुरुप तयारी थालेको छ । सो सम्बन्धमा बस व्यवसायीहरुलाई गाडीहरु आवश्यक मर्मत सम्भार गरी तयारी अवस्थामा राख्न भनिएको छ भने विभिन्न कम्पनीहरुलाई परिपत्र गर्दै नियमित क्यूका बसहरुलाई आवश्यक बुकिङ व्यवस्थापन मिलाई फिर्ता पठाउन भनेको छ ।

कम्पनी अध्यक्ष योगेन्द्रबहादुर केसीले शुक्रबार देशभरका मुख्यमुख्य यातायात कम्पनीहरुमध्ये डेढ दर्जन कम्पनीलाई सो व्यहोराको परिपत्र गरेका हुन् ।

पत्रमा भनिएको छ, ‘९५ प्रतिशतभन्दा बढी निजी क्षेत्रको लगानी रहेको सार्वजनिक यातायात सेवा सुचारु नहुँदासम्म अन्य पेसा व्यवसायसमेत चलायमान नहुने तीतो सत्य एकातर्फ छँदैछ भने दैनिक ज्यालादारीको रुपमा जीविकोपार्जन गर्दैआएका यातायात मजदुरको दैनिक रोजीरोटीमा समेत संकट परिरहेको सर्वविदितै छ ।’

यस्तै, पत्रमा भनिएको छ, ‘लकडाउनका कारण दैनिक श्रम गरेर खाने श्रमिक वर्ग भोकमरीका कारण जीवन धान्न सक्ने स्थितिमा नरहेको र जनजीवन जटिल बन्दै गएको अवस्थालाई मध्यनजर गरी, स्वास्थ्य सुरक्षाका न्यूनतम् मापदण्ड पूर्णरुपमा पालना गर्दै यस कम्पनीका दिवा तथा रात्री सेवाका सबै सेवाहरु असोज १ गतेदेखि नियमित संचालन गरिने भएकोले विगतमा जस्तै यस प्रालि र तहाँ प्रालिबीचको आपसी सम्झौता अनुरुपका नियमित क्यूका बसलाई आवश्यक बुकिङ व्यवस्थापन मिलाई (यात्रुको नाम, ठेगाना, सम्पर्क नम्बर स्पष्ट खुल्ने गरी अभिलेख लेखी) नियमित क्यूमा बुकिङ गरी पठाइ सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ ।’

पृथ्वी राजमार्गअन्तर्गत हाल १ हजार ४ सय गाडी छन् ।

पत्रको नमुना :