काठमाडौं, २६ भदौं । आर्थिक वर्ष २०७६/७७ मा देशभका ४०७ वटा खानीलाई सरकारले उत्खनन र अनुसन्धानका लागि अनुमति प्रदान गरेको छ ।
खानी तथा भूगर्भ विभागले देशभरका विभिन्न स्थानका ४०७ खानी उत्खनन र अनुसनधान गर्न स्वदेशी तथा विदेशी कम्पनीलाई अनुमति दिएको हो । त्यसमध्ये १४९लाई उत्खनन र २५८ खानीलाई अनुसन्धानका लागि अनुमति प्रदान गरेको हो ।
उत्खननतर्फ कोइला १०, आइरन दुई, काइनाइट आठ, लिड तीन, चुनढुङ्गा ७२, क्वार्जजाइट १६, म्याग्नेसाइट एक, मार्बल दुई, क्वार्ज चार, रातोमाटो पाँच, टल्क धातु १२, टुर्मालिन आठ, जिङ्क एक र डोलोमाइट दुई रहेका छन् ।
अनुसन्धानका चुनढुङ्गा १६२, फलाम दुई, तामा तीन, डोलोमाइट नौ, सुन दुई, ग्रेनाइट दुई, क्वार्जजाईट २७, काँच २७, टुर्मालिन चार, क्वार्ज दुई, टल्क पाँच कम्पनीलाई अनुमति दिइएको विभागका महानिर्देशक रामप्रसाद घिमिरेले बताएका छन् ।
घिमिरेका अनुसार नेपालमा पछिल्लो समयमा खाानीप्रति स्वदेशी र विदेशी कम्पनीको उत्खनन र अनुसन्धानको लागि चासो बढेको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



