
काठमाडाैं, २६ भदाै । तोकिएको गुणस्तरअनुरुप उत्पादन नगरेको भन्दै नेपालका २ ठूला उद्योग कारबाहीमा परेका छन् । कारबाही पर्नेहरुमा बाराको जगदम्बा स्टील्स प्रालि र धादिङको मंगला सिमेन्ट उद्योग प्रालि हुन् ।
नेपाल गुणस्तर तथा नापतौल विभागले विभिन्न उद्योगमा गरेको बजार अनुगमनक्रममा नेपाल गुणस्तरअनुरुप उत्पादन नगर्ने ती उद्योगलाई शुक्रबार कारबाही गरेको जनाएको छ ।
विभागका विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विभिन्न उद्योगबाट उत्पादित वस्तुको गुणस्तर नापतौल विभागको प्रयोगशालामा परीक्षण गराउँदा ती उद्योगले नेपाल गुणस्तरअनुरुप उत्पादन नगरेकाले कारबाही गरिएको बताए ।
विभागले जगदम्बा स्टील्सको बिक्री वितरणमा रोक लगाएको छ भने मङ्गला सिमेन्टलाई १५ दिनको स्पष्टीकरण पेश गर्ने समय तोकेको छ ।
जगदम्बा स्टील्सको संकलित नमूनामा कार्बनको मान ०.३५ प्रतिशत हुनुपर्नेमा ०.३० प्रतिशत र सल्फरको मान ०.६० प्रतिशत हुनुपर्नेमा ०.५५ प्रतिशत पाइएको छ । जगदम्बा स्टील्सले भने आफ्नो कम्पनीमा उत्पादित १६ एमएमको केही डण्डीमा मात्र कैफियत देखिएको बताउँदै उक्त डण्डीलाई बजारबाट कम्पनीले फिर्ता गरिसकेको जनाएको छ ।
यस्तै मङ्गला सिमेन्टको संकलित नमूनाको १४ एमपिए र १९ एमपिए हुनुपर्नेमा सोभन्दा धेरै भएकाले कारबाही गरिएको विभागले जनाएको छ ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



