
काठमाडौं, २७ भदौ । नेपालमा थप १ हजार २ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले गएको २४ घण्टामा देशभरमा १ हजार २ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
उनका अनुसार हाल सक्रिय संक्रमितको संख्या १५ हजार २ सय ६० पुगेको छ । कुल संक्रमितमध्ये संस्थागत आइसोलेसनमा ९ हजार १ सय ७ र होम आइसोलेसनमा ६ हजार १ सय ५३ बसेका छन्।
पछिल्लो २४ घण्टामा १० हजार १ सय ७६ जनाको पीसीआर परीक्षण भएको थियो ।
यस्तै, शनिबार ८ सय ५२ जना कोरोना संक्रमित निको भएका छन् । यो सहित कोरोनाबाट निको भइ घर फर्किने ३७ हजार ५ सय २४ पुगेका छन् । कोरोना संक्रमणमुक्त दर ७० दशमलब ६५ रहेको प्रवक्ता गौतमले बताए ।
नेपालमा शुक्रबार १ हजार ४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । सो संख्या एकै दिनमा भेटिने संक्रमितको उच्च संख्या हो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




