
काठमाडौं, २७ भदौ । विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गर्ने पाँच वटा कम्पनीलाई सरकारले बन्द गरेको छ । काठमाडौं र भक्तपुरमा सञ्चालन भइरहेका पाँच वटा उद्योगलाई सरकारले बन्द गरेको हो ।
औषधि व्यवस्था विभागको प्रयोगशालमा गरिएको परीक्षणमा काठमाडौंका चार र भक्तपुरका एक उद्योगले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने केमिकल प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेको पाइएको हो ।
काठमाडौंका चार र भक्तपुरको एउटा उद्योगले उत्पादन गरेकोमा उक्त रसायन भेटिएको विभागले जनाएको हो । अलकोहल बेस स्यानिटाइजर सम्बन्धी तोकेको मापदण्ड २०७६ भन्दा फरक पाइएकाले उक्त पाँच वटा कम्पनीबाट उत्पादिन उत्पादन र कम्पनी समेत बन्द गरिएको विभागले जारी गरेको सूचनामा जनाएको छ ।
काठमाडौंस्थित हाइजिन सोप एण्ड केमिकल, आधार केमिकल एण्ड फुड इन्डष्ट्री, सर्च केम कम हर्बल प्रडक्ट्स र सूर्यमुखी हर्बल प्रडक्ट्स र भक्तपुरको नेपाल कायाकल्प उद्योग छ ।
औषधि व्यवस्था विभागले यी उद्योगहरुबाट उत्पादित ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर’, ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर ओरिजिनल’, ‘एडभान्स् ह्यान्ड स्यानिटाइजर’, ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर रिफ्रेसिङ जेल’ र ‘सूर्यमुखी ह्याण्ड स्यानिटाइजर’ प्रयोग नगर्न सूचना जारी गर्दै सचेत गराएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




