कोरोना बहानामा शैक्षिक सत्र खेर जान दिनु हुन्न : मन्त्री गुरुङ

-



     सफल आवाज    
     भाद्र २७ गते २०७७ मा प्रकाशित



काठमाडौं, २७ भदौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अनलाइन शिक्षण सिकाइलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन् ।

चबन्नौँ अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय बाल दिवसको अवसर पारेर नेपाल राष्ट्रिय शिक्षक सङ्गठन राष्ट्रिय समिति, संस्थागत विद्यालय विभागले आयोजना गरेको ‘भर्चुअल’ कार्यक्रममा उनले इन्टरनेटको दुरुपयोगबाट बालबालिका ‘डिजिटल दूव्र्यसनी’ मा फस्न सक्ने सम्भावना भएकाले त्यसतर्फ सचेत रहन पनि सम्बन्धित सबै पक्षलाई आग्रह गरे । उनले त्यसका लागि आवश्यक ऐन, कानून र निर्देशिका बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।

मन्त्री गुरुङले कोभिड–१९ को बहानामा विद्यार्थीको एक शैक्षिक सत्र खेर जान दिन नहुनेतर्फ समेत सचेत गराए । उनले कोरोना भाइरसले शिक्षा क्षेत्रमा पारेको असरबाट निराश नहुन पनि शिक्षक, विद्यार्थी र अभिभावकलाई आग्रह गरे ।