गण्डकीमा थप ६५ संक्रमित फेला

-



     सफल आवाज    
     भाद्र २८ गते २०७७ मा प्रकाशित



पोखरा, २८ भदौ । गण्डकी प्रदेशमा थप ६५ जना कोरोना संक्रमित फेला परेका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयले अाइतबार विज्ञप्तिमार्फत प्रदेशका विभिन्न जिल्ला सहित ६५ जनामा काेराेना पुष्टि भएकाे जनाएको हाे। तीमध्ये पाेखराका ६ जना छन्।

याे सहित कुल संक्रमित संख्या २ हजार ९ सय ६८ पुगेकाे छ।