संक्रमितभन्दा निको हुने बढे, ११७३ घर फर्किए

-



     सफल आवाज    
     भाद्र २८ गते २०७७ मा प्रकाशित



काठमाडौं, २८ भदौ । नेपालमा गएको २४ घण्टामा कोरोना संक्रमितमध्ये १ हजार १ सय ७३ जना निको भएका छन् । दिनप्रतिदिन कोरोना संक्रमितको दर बढिरहँदा निको हुने संख्या पनि बढ्दै गएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार गएको २४ घण्टामा नेपालमा १ हजार १ सय ७३ जना संक्रमित निको भई घर फर्केका हुन् । यो सहित कोरोना जित्नेहरुको संख्या ३८ हजार ६ सय ९७ पुगेको छ । संक्रमित हुनेमध्ये संक्रमणमुक्त हुनेको प्रतिशत ७१ दशमलब ५ प्रतिशत हुन आउँछ ।

यसैगरी, पछिल्लो तथ्यांक अनुसार देशभर १ हजार ३९ जना संक्रमित थपिए । गएको २४ घण्टामा ९ हजार ६५ जनाको पीसीआर परीक्षणमा मात्र १ हजार ३९ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी सक्रिय संक्रमित संख्या १५ हजार १ सय १७ पुगेको छ ।

यस्तै, संक्रमितमध्ये ७ हजार ७ सय ३० संस्थागत र बाँकी होम आइसोलेसनमा बसिरहेका छन् ।