
काठमाडौं, २८ भदौ । कोरोना संक्रमित भए–नभएको जान्न नेपालमा अब २ हजार रुपैयाँमै पीसीआर हुने भएको छ ।
सरकारले कोरोना संक्रमण परीक्षण पीसीआर गर्दा अब सरकारी र निजी सबै ल्याबमा २ हजार रुपैयाँमा पीसीआर टेष्ट हुने जनाएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आइतबार नियमित प्रेस ब्रिफिङमा रियजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको जानकारी दिए ।
यसअघि पीसीआर टेष्टको शुल्क ५ हजार ५ सयसम्म रहेकोमा पछि घटाएर ४ हजार सम्म तय गरिएको थियो ।
पीसीआर परीक्षण २ हजार रुपैयाँमै हुने भएपछि सर्वसाधारणले राहत महसुस गरेका छन् ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



