बाह्रबिसे पहिरो :११ जनाको सनाखत

-



     सफल आवाज    
     भाद्र २८ गते २०७७ मा प्रकाशित


तस्बिरः देवराज सुवेदी-रासस


सिन्धुपाल्चोक, २८ भदौ । सिन्धुपाल्चोकको बाह्रबिसे–७ घुम्थाङमा खसेको पहिरोमा पुरिएर मृत्यु भएका ११ जनाको शव सनाखत भएको प्रहरीले बताएको छ ।

मृतक सबैको सनाखत भएको छ, नागपुजे र भीरखर्कको पहिरोमा ज्यान गुमाउनेमा ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षीया ट्याक्सी शेर्पा, २३ वर्षीया जुनु विक, २४ वर्षिय शुकलाल विक, ८ वर्षका सन्देश विक, ६० वर्षीया सर्किनी नेवार र ६५ वर्षका धनलाल विकको सनाखत भएको हो ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज न्यौपानेका अनुसार अन्य मृतकमा ६० वर्षीया हिरामाया नेवार, ४२ वर्षकी ज्ञानीमाया प्रधान, २५ वर्षका कर्णबहादुर श्रेष्ठ र ५ वर्षकी सरस्वती विक रहेका छन ।

पहिरोमा बेपत्ता भएका ३१ मध्ये २० जनाको खोज र उद्धार कार्य जारी राखिएको छ । क्षतिको पूर्ण विवरण आउन बाँकि रहेको प्रहरी निरीक्षक न्यौपानेले बताए ।