कुश्मिसेरा टुनीबोटमा पहिरोले पाँच घर पुरिए, एक बेपत्ता

-



     सफल आवाज    
     भाद्र २९ गते २०७७ मा प्रकाशित



बाग्लुङ, २९ भदौ । बाग्लुङको जैमिनी नगरपालिका–१ कुश्मिसेरा टुनीबोटमा आज बिहान खसेको पहिरोमा पाँच घर पुरिएका छन् । पहिरोमा एकजना बेपत्ता भएका बताईएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले पहिरोले घर पुरिँदा वर्ष ६१ का हरिकृष्ण पौडेल बेपत्ता भएको बताए । केसीका अनुसार अन्य पाँच जना सकुशल रहेका छन् ।

अविरल वर्षासंगै खसेको पहिरोले पवित्रादेवी शर्मा, इन्द्र शर्मा, रत्नबहादुर क्षत्री र तारादेवी क्षत्रीको घरमा क्षति पुर्याएको छ । पहिरो गएको स्थानमा नेपाली सेना र नेपाल प्रहरीको टोलीले उद्धार गरिरहेका छन् ।