
पोखरा, २९ भदौ । पोखरामा एकै दिन ५२ संक्रमित फेला परेका छन् । पोखरामा एकै दिनमा यति ठूलो संख्यामा संक्रमित यसअघि भेटिएका थिएनन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा सहित विभिन्न ठाउँमा भएको नमुना परीक्षणमा ५२ संक्रमित फेला परेका हुन् ।
पोखरा ९ की २६ वर्षीया महिला, ५ का २५ वर्षीय पुरुष, वडा १ का १२ र १५ वर्षीया महिला, ६ वर्षीय बालक, वडा १४ का ३२ वर्षीय पुरुष, २ का २५ र ५२ वर्षीया महिला, वडा २६ का ३२, ४२ र ३२ वर्षिया महिला र २१ वर्षीय पुरुष संक्रमित भएका हुन् ।
यस्तै, वडा ७ का २६, २८ र ३३ का पुरुष, वडा १७ का ५३ वर्षीय पुरुष, वडा ६ की ४० वर्षीया महिला, २५ की ८ वर्षीया बालिका, १८ वर्षीय पुरुष, वडा १० की २६ र ६६ वर्षीया महिला, २५ वर्षीय पुरुष, वडा ८ का १७ वर्षीय पुरुष, २१ र ५१ वर्षीया महिला, वडा १३ का १४, १५, १६ र १९ वर्षीया महिला, ११ वर्षीय पुरुष छन् ।
यसैगरी, पोखरा १० का २३ वर्षीय पुरुष, २७ का १२ वर्षीय पुरुषमा पनि संक्रमित भएका छन् ।
पोखरामा बिहानमात्रै वडा १७ का २७ वर्षीय पुरुष, वडा ३३ का २३ वर्षीय पुरुष, वडा १४ का २५, २८ र ३७ वर्षीया महिला, ६, २६ र ४६ वर्षीय पुरुष, वडा ७ का ४४ वर्षीय पुरुष, वडा ८ की २१ वर्षीया महिला छन् । वडा ४ मा कार्यरत् ४ जना पुरुष प्रहरीमा पनि संक्रमण पुष्टि भएको थियो । उनीहरु ४५, ३७, २४, २९ र २३ वर्षका हुन् । वडा १७ मा कार्यरत २४ र ३३ वर्षीय पुरुष प्रहरीमा पनि संक्रमण देखा परेको जनाइएको छ ।
कास्कीमै रुपा गाउँपालिका वडा ५ का ४३ र ५२ वर्षीय पुरुष, वडा २ का ४२ र ४८ वर्षीय पुरुष पनि संक्रमित छन् ।
यसरी गण्डकीका कास्कीसहित विभिन्न जिल्लामा गरी कुल संक्रमित संख्या ३ हजार ६४ पुगेको छ । मृत्यु हुनेको संख्या २९ पुगेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




