वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण

-



     सफल आवाज    
     भाद्र २९ गते २०७७ मा प्रकाशित



काठमाडौं, २९ भदौ । पाइलट विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट लामालाई स्टार अस्पतालमा गरिएको परिक्षणमा संक्रमण नतिजा पोजेटिभ देखिएको हो ।

पाइलट लामाको स्वाब आइतबार परिक्षणका लागि पठाईएको थियो । आज बिहान परिक्षण नतिजा पोजेटिभ आएपछि लामा होटल सोल्टीको आइसोलेसनमा बसेका छन् । पाइलट लामासंगै निगमकै वाइडबडी जहाज उडाउने बेलायतका क्याप्टेन उदय कोल्हात्करलाई पनि संक्रमण पोजेटिभ देखिएको छ ।

निगमका अनुसार दुवैजनाले केहि दिनअघि शान्ति मिसनका लागि नेपाली सेनाको टोलीलाई वाइडबडी जहाजमार्फत दक्षिण सुडान पुर्याएका थिए ।