
काठमाडौं, २९ भदौ । नेकपा उपाध्यक्ष वामदेव गौतम अन्ततः संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा सदस्यका लागि सिफारिस भएका छन्
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई राष्ट्रिय सभाको रिक्त सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
यसअघि फागुन १४ र भदौ १८ को नेकपा सचिवालय बैठकले राष्ट्रिय सभामा रिक्त रहेको पदमा वामदेवलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
पार्टीको निर्णय अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई राष्ट्रिय सभा लैजाने प्रस्ताव मन्त्रिपरिषद्बाट पारित गराएका हुन् ।
गौतमलाई राष्ट्रिय सभा लैजान फागुन १४ मा भएको निर्णयविपरीत प्रधानमन्त्रीले त्यसलाई अस्वीकार गरेका थिए। जसबाट सत्तारूढ नेकपाभित्र विवाद सिर्जना हुँदै आएको थियो । ओलीले आफ्ना प्रिय पात्र युवराज खतिवडालाई मन्त्रीमा निरन्तरता दिन अन्तिमसम्म अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष गौतमलगायत नेताहरूलाई मनाउने प्रयास गरेको भए पनि अस्वीकार गरेपछि ओली आफैले प्रस्ताव ल्याएका थिए।
यसैगरी, सरकारले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



