
चितवन, ३१ भदौ । भरतपुर–९ की अञ्जना जोशी उमेरले २१ वर्ष पुगिन । उनि भरतपुर सामुदायिक अस्पतालको इर्मेजेन्सी वार्डमा ‘हेल्थ असिस्टेन्ट’ का रुपमा काम गर्छिन ।
अस्पतालको ड्युटीसँगै सेवाग्राहीको सेवामा जुट्ने उनको दैनिकी नै बनेको छ । विसं २०७२ मा गएको भूकम्पको बेला उनका अङ्कलले अमेरिकाबाट पीडितलाई सहयोग पठाए । अङ्कलको यो कर्मसँगै उनमा समाजसेवाको भावना विकास भयो । बजारको सडकमा कोही पल्टिएको देख्यो भने मन अमिलो हुन्छ । सहयोग गर्न पाए हुन्थ्यो भन्ने लाग्छ, उनले भनिन ।
सामाजिक कार्यमा लाग्न दुई वर्षअघि उनि लियो क्लब अफ भरतपुर युथको सदस्य भईन । अहिले उनि आफ्नो जागिरसँगै नारायणी नदी किनारमा दैनिक ६ घण्टा मानवलाई खाना खुवाउने कार्यमा लागेकि छन । जागिरेलाई त लकडाउनले खान धौ–धौ छ, उनले भनिन, दैनिक ज्याला मजदूरी गरेर हातमुख जोड्नेको अवस्था के होला ? साथीसँग छलफल गरी निःशुल्क खाना दिने निर्णयमा पुग्यौँ ।
पहिलो चरणमा साथीहरुसंग रु तीन हजारदेखि पाँच हजार सङ्कलन गरेर अभियानमा लागेको उनको भनाई छ ।
नारायणी किनारमा बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रको सहकार्यमा दैनिक २०० भन्दा बढी बेसहारा मानवलाई दुई छाक खानाको व्यवस्था मिलाइएको छ । जोशी खाना बनाउन बिहानदेखि जाने गरेकाे बताउँछिन । स्वास्थ्यकर्मी भएकाले सहयोगापेक्षीलाई सामाजिक दूरीमा राख्नेदेखि मास्क वितरणमा खटिने गर्छिन । कोरोनाको जोखिम भएकाले सबैलाई एकै ठाउँमा खाना खुवाउने काम त्यतिकै जटिल पाटो रहेको उनि बताउँछिन ।
दैनिक रु २० हजारले २०० जनालाई खाना खुवाउने गरिएको छ । अहिले सोह्रश्राद्ध भएकाले पितृहरुको नाममा खाना खुवाउन आउनेको सङ्ख्या उल्लेख्य छ । देश विदेशबाट सहयोग आउने क्रम पनि छ । कोरोनाले सृजना गरेको सङ्कटमा सहयोगी मनहरुको सहभागिताले अभियन्तालाई हौसला मिलेको जोशी बताउँछिन ।
पत्रकार हीरालाल आचार्य उमेरले २० पुगे । हप्ताको चार दिन नारायणी नदी किनारमा निःशुल्क खाना खुवाउने कार्यक्रममा पुग्छन् । खानालाई चलाउनेदेखि खाना वितरणमा खटिने उनको काम हो । लियो क्लब अफ भरतपुर युथमा उनलाई साथीले सदस्य हुन सुझाएपछि १ वर्षदेखि आबद्ध छन् । लियो क्लब अफ भरतपुर युथका अध्यक्ष दीपेश ज्ञवाली बाबा फर्मेसीमा काम गर्छन । उमेरले २५ पुगेका उनले संस्थाको नेतृत्वसँगै कामलाई पनि निरन्तरता दिइरहेका राससले लेखेको छ ।
ज्ञवाली दिनमा फार्मेसीमा काम गरेर पनि नारायणी नदीमा रहेको निःशुल्क खाना खुवाउने कार्यक्रममा सक्रिय हुुन्छन । दैनिक १ घण्टा भए पनि नारायणी नदी किनारमा पुगेर सहयोगमा जुट्ने उनको दिनचर्या भएको छ । इच्छा र चाहना भयो भने सबै हुन्छ, उनले भने, शुरुमा एक छाक खाना खुवाउन सकेका थियौँ । अहिले दुई छाक नै खुवाउन सफल भएका छौँ ।
जिल्लामा पछिल्लो समय समाजसेवामा इच्छा देखाउने युवाको सङ्ख्या उल्लेख्य छ । विभिन्न संस्थाको स्थापना गरी समाजसेवाको काममा लाग्नाले सकारात्मक सन्देश प्रवाह गरेको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



