
इलाम, ३१ भदौ । इलामको सूर्योदय नगरपालिकाले चिया किसानलाई हरियो चियापत्तीको मूल्य कानून बमोजिम दिने प्रतिवद्धता व्यक्त गरेको छ ।
काूननले तोके अनुसारको रकम नपाएको भन्दै आन्दोलन गर्दै आएका किसानले मूल्य पाउने आश्वासन पाएपछि भने केहि राहतको महसुस गरेका छन्
नगरपालिकाले बनाएको गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि २०७५ ले प्रतिकिलो चियाको ४० रुपैयाँ उद्योगीले दिनुपर्ने उल्लेख छ । कतिपय र उद्योगीले तोकिएको ४० रुपैयाँ नदिएको किसानले बताएका छन् ।
नगरपालिकाका प्रमुख रणबहादुर राईले भने, कार्यविधिमा तोकिएबमोजिमे मूल्य किसानले पाउनु पर्छ, हामी किसानको पक्षमा छौं । उद्योगीसंग समन्वय गरेर तोकिएको मूल्य किसानलाई उपलव्ध गराउँछौं ।
स्मरण रहोस्, इलामको सूर्योदय नगरपालिकामा ६५० बढी किसान चिया खेतीमा लागेका छन् ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



