नारायणगढ-मुग्लिन सडक अवरुद्ध

-



     सफल आवाज    
     भाद्र ३१ गते २०७७ मा प्रकाशित



मुग्लिन, ३१ भदौ । सडकमाथिबाट पहिरो र लेदो माटो झरेपछि नारायणगढ–मुग्लिन सडकखण्ड आज पनि बिहानैदेखि अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलो भन्ने ठाउँमा सडकमाथि पहराबाट लेदो झर्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । अविरल वर्षाको कारण पहिरोसंगै लेदो झर्ने क्रम रोकिएको छैन ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङले पहिरो हटाउने प्रयास भईरहेको बताएका छन् ।