
मुग्लिन, १ असोज । पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खण्ड खुलाउने प्रयास भईरहेको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ को चार किलोमा बिहान साढे ४ वजे पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
सडकमा पूर्व पश्चिम जाने यातायातका साधन रोकिएका छन् । पहिरो खस्ने क्रम कम भएपछि सडकमा जम्मा भएको ढुंगा माटोसहितको लेदो हटाउने काम गर्न शुरु गरिएको डिभिजन सडक कार्यालय भरतपुरले जानकारी दिएको छ ।
उक्त स्थानमा सोमबारदेखि पहिरो खस्दै आएको छ । बुधबार बिहान पनि पहिरो खसेको थियो । सडकमा खसेको पहिरो हटाउँदै गाडीहरु पास गराउने काम भईरहेको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



