म्याग्दी जिल्ला कोरोना संक्रमणमुक्त

-



     सफल आवाज    
     असाेज १ गते २०७७ मा प्रकाशित



म्याग्दी, १ असोज । म्याग्दी जिल्ला तत्कालको लागि कोरोना सङ्क्रमणमुक्त भएको छ ।

आइसोलेसनमा रहेका १७ जना सङ्क्रमित निको भएर घर फर्किएपछि म्याग्दी जिल्ला कोरोना सङ्क्रमणमुक्त जिल्ला भएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।

आइसोलेसनमा रहेका एकजना प्रहरी जवानको पिसिआर परिक्षण नतिजा नेगेटिभ आएसंगै म्याग्दी तत्कालको लागि सङ्क्रमणमुक्त जिल्ला भएको हो ।