वामदेव गौतम अब माननीय

-



     सफल आवाज    
     असाेज १ गते २०७७ मा प्रकाशित



काठमाडौं, १ असोज । नेपाल कम्यूनिष्ट पार्टीका उपाध्यक्ष समेत रहेका वामदेव गाैतम आजबाट फेरी माननीय भएका छन । राष्ट्रियसभा सदस्यमा आज मनोनित भएका गौतमले अपरान्ह पद तथा गोपनियताको सपथ लिएका हुन ।

आज दिउँसो राष्ट्रपति विद्या भण्डारीबाट गौतमले पद तथा गोपनियताको सपथ लिएका हुन । गौतमलाई राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पद तथा गोपनियताको सपथ गराएका थिए ।

गएको सोमबार मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । राष्ट्रपतिबाट मनोनित हुने १ सदस्य फागुनदेखि राष्ट्रियसभामा खाली रहेको थियो ।

पछिल्लाे समय नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड आआफ्नो कुरामा अडिक भईरहेको अवस्थामा गौतमले समन्वयकारी भूमिका खेल्दै आएका थिए । प्रधानमन्त्री ओली र गौतमबीच उनको भैसेपाटी निवासमा भएको डिनर मिटिङपछि नेकपाका शीर्ष नेताबीचको अन्तर संघर्षले यूटर्न लिएको थियो ।