गरिमा विकास बैंककाे एकैदिन थपिए ६ शाखा

-



     सफल आवाज    
     असाेज १ गते २०७७ मा प्रकाशित



काठमाडौं, १ असोज । लाजिम्पाट, काठमाडौंमा प्रधान कार्यालय रहेको गरिमा विकास बैंकले आज आश्विन १ गते एकैदिन ६ वटा थप शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैकले काठमाण्डौ उपत्यकाभित्र र बाहिरगरी देशका विभिन्न स्थानमा एकैपटक ६ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको जनाएको छ ।

विकास बैंकले उपत्यकाबाहिर नवलपुरको गैडाकोट, रुपन्देहीको कोटिहवा, रौतहटको चन्द्रपुर, धनुषाको जनकपुर र उपत्यकाभित्र काठमाडौंको ढुङगेधारा तथा ललितपुरको इमाडोलमा गरी एकैदिन ६ वटा शाखा कार्यालयहरु संचालनमा ल्याएको हो ।

यो संगै विकास बैंकले काठमाडौं उपत्यकाभित्र १३ वटा शाखा सहित देशभर सम्पुर्ण प्रदेशमा गरी ९७ शाखा, ५१ एटीएम र गरिमा रेमिटका १०,००० भन्दा बढि एजेण्टमार्फत ग्राहकहरुलाई बित्तीय सेवा प्रदान गर्दै आईरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले सफलआवाजलाई बताए ।